नेपाल–चीन सम्बन्ध सुदृढ बनाउन खनाल बेइजिङमा


काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आज चारदिने भ्रमणका लागि चीन जाँदैछन्। भ्रमणका क्रममा उनले चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय वार्ता गर्नेछन्।

भेटवार्तामा नेपाल–चीन सम्बन्ध, आर्थिक सहकार्य तथा लगानी प्रवर्द्धनका विषयमा छलफल हुनेछ। मन्त्री खनालले बेइजिङमा आयोजित लगानी सम्मेलनमा सहभागिता जनाउँदै चिनियाँ व्यवसायी समुदायसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ।

२०८३ जेष्ठ ३१, आईतवार ०८:१६ प्रकाशित
ट्रेन्डिङ समाचार