काठमाडौं । पोखराको पृथ्वीचोकस्थित सेती नदीमाथि निर्माणाधीन सेती पुलको म्याद दोस्रो पटक थपिएको छ। मुग्लिन–पोखरा सडक आयोजना (पश्चिम खण्ड) अन्तर्गत निर्माण भइरहेको पुलको नयाँ म्याद वि.सं. २०८३ फागुन २१ गतेसम्म कायम गरिएको छ।
१ अर्ब ७ करोड रुपैयाँ लागतमा निर्माणाधीन १९० मिटर लम्बाइका दुईवटा पक्की पुलको हालसम्म करिब ६१ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ। जग्गा अधिग्रहण, मुआब्जा विवाद, खानेपानी पाइप स्थानान्तरण तथा निर्माण सामग्री आयातमा ढिलाइका कारण काम प्रभावित भएको थियो।
आयोजना प्रमुख कृष्णबहादुर कुँवरका अनुसार अब निर्माण कार्यमा कुनै अवरोध नरहेकाले तोकिएको नयाँ म्यादभित्र पुल सम्पन्न हुने अपेक्षा गरिएको छ।
२०८३ जेष्ठ २८, बिहीबार २०:०१ प्रकाशित

