काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले आगामी स्थानीय तह तथा प्रदेश सभा निर्वाचनपछि बागमती प्रदेश सरकारको नेतृत्व आफ्नो पार्टीले गर्ने दाबी गरेका छन्।
बुधबार काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले आगामी निर्वाचनमा पार्टीले सशक्त उपस्थिति जनाउने र धेरै स्थानमा विजय हासिल गर्ने विश्वास व्यक्त गरे। बागमती प्रदेशलाई केन्द्रमा राखेर देशभर संगठन विस्तारको अभियान तीव्र बनाइएको उनले बताए।
घिसिङले विगतमा राजनीतिक अनुभवको कमीका कारण षड्यन्त्रमा फसेको स्वीकार गर्दै अब जनताको विश्वास जितेर उज्यालो नेपाल पार्टीलाई मुलुकको प्रमुख राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताए। साथै, पार्टीको पहिचान र सिद्धान्त जोगाउँदै आगामी निर्वाचनमा उल्लेखनीय सफलता हासिल गर्ने दाबी गरे।
२०८३ जेष्ठ २८, बिहीबार ०७:५८ प्रकाशित

