५०९ प्रहरी निरीक्षकको सरुवा (सूचीसहित)


काठमाडौं । नेपाल प्रहरीले संगठनको आवश्यकता, कार्यसम्पादन मूल्याङ्कन, जनशक्ति व्यवस्थापन तथा प्रशासनिक सन्तुलनलाई ध्यानमा राख्दै ५०९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरेको छ।

प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको सूचीअनुसार देशभरका विभिन्न प्रहरी कार्यालय, जिल्ला प्रहरी परिसर, इलाका प्रहरी कार्यालय तथा विशेष इकाइमा कार्यरत निरीक्षकहरूको जिम्मेवारी हेरफेर गरिएको हो।

नवनियुक्त गृहमन्त्री सुधन गुरुङले दोस्रो कार्यकालका लागि मन्त्रालयमा हाजिर भएको दोस्रो दिनमै भएको यो सरुवालाई सुरक्षा प्रशासनमा जनशक्ति पुनःव्यवस्थापन तथा कार्यसम्पादन प्रभावकारिता बढाउने प्रयासका रूपमा हेरिएको छ। सरुवा भएका प्रहरी निरीक्षकहरूलाई तोकिएको नयाँ कार्यस्थलमा छिट्टै हाजिर हुन निर्देशन दिइएको प्रहरीले जनाएको छ।

https://drive.google.com/file/d/1bBr3MV5g8YmrgkRk31Kvzu4_lt4ICyxA/view?usp=sharing

 

२०८३ जेष्ठ २८, बिहीबार ०७:१७ प्रकाशित
ट्रेन्डिङ समाचार