सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बस्दै
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने तय भएको छ। बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु हुने कार्यसूची रहेको छ। छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने कार्यक्रम छ।
बैठकमा विनियोजन विधेयक तथा राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत गर्ने, चलचित्र विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाउने र प्रधानमन्त्रीको कार्यालयबाट प्राप्त कार्यभार थपबारे जानकारी गराउने सम्भावित कार्यसूची पनि रहेको छ।
तर प्रधानमन्त्री बालेन शाहको सीमा सम्बन्धी अभिव्यक्ति सच्याउनुपर्ने माग गर्दै प्रतिपक्षी दलहरूले सदन अवरोध गर्दै आएकाले आजको बैठक कार्यसूचीअनुसार अघि बढ्ने वा नबढ्ने विषय भने अनिश्चित रहेको छ।