जेठ २० देखि एमालेको राष्ट्रिय कार्यशाला, ओलीले उद्घाटन गर्ने


काठमाडौं  । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभा निर्वाचनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुने भएका छन्। केन्द्रीय संगठन विभागको आयोजनामा जेठ २० र २१ गते काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा हुने ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक राष्ट्रिय कार्यशालाको उद्घाटन ओलीले गर्नेछन्।

कार्यशालामा प्रदेश तथा जिल्ला इन्चार्ज, प्रदेश र जिल्ला कमिटीका पदाधिकारी, संगठन विभाग प्रमुख तथा जनसंगठनका प्रतिनिधिहरू सहभागी हुनेछन्। एमालेले पार्टीको सदस्यता विस्तार, नवीकरण प्रक्रिया तथा संगठन सुदृढीकरणका विषयमा छलफल र अभिमुखीकरणका लागि कार्यशाला आयोजना गरेको जनाएको छ।

२०८३ जेष्ठ १९, मंगलवार ११:५८ प्रकाशित
ट्रेन्डिङ समाचार