काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन शाहले नेपाल–भारत सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्ने क्रममा ‘भारतले मात्र होइन, नेपालले पनि भारतको केही भूमि मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएका थिए। उक्त भनाइप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स्पष्टता माग गरेको छ।
आइतबार संसद बैठकमा कांग्रेसकी प्रमुख सचेतक वासना थापा ले प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर विषय भएको भन्दै नेपालले भारतको भूमि कहाँ मिचेको हो भन्ने तथ्य संसदलाई तत्काल जानकारी गराउन आग्रह गरिन्। उनले उक्त दाबी सत्य भए प्रमाणसहित प्रस्तुत गर्न र गलत भए संसदको अभिलेखबाट हटाउन माग गरिन्।
२०८३ जेष्ठ १७, आईतवार १५:२० प्रकाशित


