संयोजक तथा पूर्वप्रधानमन्त्री प्रचण्डको स्वास्थ्यमा सुधार, भोलिसम्म डिस्चार्ज हुने
काठमाडौँ ।नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्रीअध्यक्ष पुष्पकमल दाहालको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ। रुघा, ज्वरो र हल्का निमोनियाका कारण उपचाररत रहेका उनी भोलिसम्म अस्पतालबाट डिस्चार्ज हुने बताइएको छ।
उपचारमा संलग्न चिकित्सकको निगरानीमा रहेका प्रचण्डको स्वास्थ्यमा क्रमिक सुधार देखिएको नेता रामप्रसाद सापकोटा ले जानकारी दिए। हाल उनको अवस्था सामान्य बन्दै गएको र थप केही दिन आराम गर्न चिकित्सकले सुझाव दिएका छन्।