अर्थमन्त्री वाग्लेले आज बजेटबारे पत्रकारसँग अन्तर्क्रिया गर्ने


काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्ले ले आर्थिक वर्ष २०८३/८४ को बजेटका विषयमा आज सञ्चारकर्मीसँग पत्रकार सम्मेलनमार्फत अन्तर्क्रिया गर्ने भएका छन्। अर्थ मन्त्रालयका अनुसार सिंहदरबारस्थित सुवर्ण हल मा दिउँसो कार्यक्रम आयोजना गरिनेछ।

अर्थमन्त्री वाग्लेले शुक्रबार २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका थिए। बजेटमा चालु खर्चतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड, पुँजीगत खर्चतर्फ ४ खर्ब ३१ अर्ब १० करोड तथा वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरिएको छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार