कांग्रेस निकट नेपाल थारु संघको पहिलो महाधिवेशन सानेपामा सुरु


काठमाडौं  । नेपाल थारु संघ को प्रथम महाधिवेशन आज काठमाडौंको सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा सुरु हुँदैछ।

महाधिवेशनको उद्घाटन दिउँसो १२:१५ बजे गगनकुमार थापा ले गर्ने कार्यक्रम छ।

थारु समुदायको हक, अधिकार, पहिचान र प्रतिनिधित्वलाई सशक्त बनाउने उद्देश्यसहित आयोजना गरिएको महाधिवेशनले संगठनको नयाँ नेतृत्व चयन गर्नेछ। साथै, भावी नीति तथा कार्यदिशामाथि पनि छलफल हुनेछ।

देशभरबाट आएका सयौँ प्रतिनिधि तथा कार्यकर्ताको सहभागिता रहेको महाधिवेशनलाई संगठन विस्तार र सुदृढीकरणको महत्वपूर्ण अवसरका रूपमा लिइएको छ।

२०८३ जेष्ठ १६, शनिबार १०:४९ प्रकाशित
ट्रेन्डिङ समाचार