काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले संघीय संसद्मा प्रस्तुत गरेको बजेटमा चालु खर्चतर्फ ५९.८ प्रतिशत, पुँजीगततर्फ २०.३ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १९.९ प्रतिशत रकम विनियोजन गरिएको छ।
बजेटमार्फत राष्ट्रसेवक कर्मचारीको तलब १० प्रतिशत वृद्धि गरिएको छ भने कार्यसम्पादनका आधारमा थप १० प्रतिशत प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ। सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको बजेटमा काठमाडौं–तराई द्रुतमार्ग, विद्युतीय सवारी, क्रिकेट रङ्गशाला निर्माण तथा रेमिट्यान्स प्रोत्साहन कार्यक्रमसमेत समावेश गरिएको छ।
बजेटको (पूर्ण पाठ यस्तो छ)
आर्थिक वर्ष २०८३\८४ का लागि सार्वजनिक गरिएको बजेट
२०८३ जेष्ठ १५, शुक्रबार २०:१८ प्रकाशित


