गणतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुन सक्दैन : आङदेम्बे


काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले गणतन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै गणतन्त्र नेपाली जनताको लामो सङ्घर्ष, बलिदान र लोकतान्त्रिक चेतनाबाट स्थापित ऐतिहासिक उपलब्धि भएको बताएका छन्।

उनले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएको दिन नेपाली इतिहासको महत्वपूर्ण मोड भएको उल्लेख गर्दै गणतन्त्रले जनतालाई राज्यको वास्तविक मालिक बनाएको बताए।

आङदेम्बेले लोकतान्त्रिक मूल्य, समावेशिता, समानता र सामाजिक न्यायको रक्षा गर्दै सुशासन र समृद्धिको मार्गमा अघि बढ्नुपर्नेमा जोड दिएका छन्। साथै उनले गणतन्त्रको विकल्प कुनै पनि निरङ्कुश वा वंशवादी व्यवस्था हुन नसक्ने स्पष्ट पारेका छन्।

२०८३ जेष्ठ १५, शुक्रबार १२:०५ प्रकाशित
ट्रेन्डिङ समाचार