काठमाडौं । काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा आज गणतन्त्र दिवस विशेष समारोहका साथ मनाइँदै छ। २०६५ जेठ १५ गते पहिलो संविधान सभाबाट राजतन्त्र अन्त्य गरी नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिनको स्मरणमा यो दिवस मनाइन्छ।
सरकारले यस अवसरमा सार्वजनिक बिदा दिएको छ। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री बालेन शाहलगायत उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहेको छ। यद्यपि प्रधानमन्त्री शाह कार्यक्रममा सहभागी भए पनि सम्बोधन भने गर्ने छैनन्।
प्रधानमन्त्री शाहले यसअघि मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रपतिलाई सम्बोधन गर्न अनुरोध गर्दै पत्राचार गरेका थिए।
२०८३ जेष्ठ १५, शुक्रबार ०९:३० प्रकाशित


