संविधानको मर्मबाट पछि हट्न नहुने : नेकपाका संयोजक दाहाल


काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै संविधानको मूल मर्म, लोकतन्त्र र गणतन्त्रका उपलब्धिमाथि सम्झौता गर्न नहुने बताएका छन्।

उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको लामो सङ्घर्ष र बलिदानबाट प्राप्त साझा उपलब्धि भएकाले यसको संरक्षण सबैको दायित्व भएको उल्लेख गरेका छन्। साथै, राजनीतिक स्थायित्व, सुशासन, सामाजिक न्याय र समृद्धिका लागि सबै राजनीतिक शक्ति र नागरिकबीच सहकार्य आवश्यक रहेको बताएका छन्।

२०८३ जेष्ठ १५, शुक्रबार ०९:०८ प्रकाशित
ट्रेन्डिङ समाचार