काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्ले ले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै छन् । राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले पहिलो पटक बजेट ल्याउन लागेको हो । बजेट निर्माणमा पार्टीको घोषणापत्र, १०० बुँदे सुधार योजना तथा सांसदहरूको सुझावलाई आधार बनाइएको अर्थ मन्त्रालयले जनाएको छ ।
आगामी आर्थिक वर्षका लागि राष्ट्रिय योजना आयोगले १८ खर्ब ९० अर्ब रुपैयाँको बजेट सिलिङ तय गरेको छ । बजेट आज दिउँसो ४ बजे सिंहदरबारस्थित बहुउद्देश्यीय हलमा प्रस्तुत गरिनेछ ।