बिदामा काम गराए ओभरटाइम अनिवार्य : बैंक तथा वित्तीय संस्था


काठमाडौं । नेपाल राष्ट्र बैंक ले बैंक तथा वित्तीय संस्थालाई कार्यालय समयभन्दा बढी काममा कर्मचारी नलगाउन निर्देशन दिएको छ। अब संस्थाले आन्तरिक नियमको नाममा अतिरिक्त समय काम गराउन नपाउने भएका छन्।

राष्ट्र बैंकले अतिरिक्त समय काम गराए प्रचलित कानुनअनुसार ‘ओभरटाइम’ भुक्तानी गर्न पनि निर्देशन दिएको छ। कर्मचारीबाट लामो समयदेखि उठ्दै आएको गुनासोपछि यस्तो व्यवस्था लागू गरिएको हो।

२०८३ जेष्ठ १४, बिहीबार १९:३७ प्रकाशित
ट्रेन्डिङ समाचार