काठमाडौँ । काठमाडौँ उपत्यकामा नयाँ ट्याक्सी दर्ता लामो समयदेखि रोकिँदा ट्याक्सी नम्बर प्लेटको अवैध किनबेच बढेको छ । सरकारी दस्तुर केवल ५०० रुपैयाँ भए पनि पुराना नम्बर प्लेट १५ लाख रुपैयाँसम्ममा बिक्री भइरहेको खुलासा भएको हो ।
प्रतिनिधिसभामा सांसद महावीर पुन ले यो विषय उठाउँदै ट्याक्सी क्षेत्रमा सिन्डिकेट र मिलेमतो मौलाएको आरोप लगाएका छन् ।
व्यवसायीहरूले नयाँ दर्ता नखुल्दा कृत्रिम अभाव सिर्जना भएको बताएका छन् भने बागमती प्रदेश सरकारले झन्डै ११ वर्षपछि नयाँ ट्याक्सी दर्ता खोल्ने तयारी गरेको जनाएको छ ।
२०८३ जेष्ठ १३, बुधबार ०९:०१ प्रकाशित


