काठमाडौं । बारा जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठक तनावग्रस्त बनेको छ। पार्टीभित्रको विवाद चर्किँदा कार्यकर्ताले आफ्नै सांसदमाथि आक्रमण गरेका हुन्।
आक्रमणपछि बारा–१ का सांसद गणेश धिमाल, बारा–२ का चन्दन सिंह, बारा–३ का अरविन्द साह तथा बारा–४ का रहबर अन्सारी बैठक स्थलबाट बाहिरिन बाध्य भएका थिए।
बैठकमा संस्थापक जिल्ला अध्यक्ष चन्दन स्वर्णकार पक्षका जिल्ला पदाधिकारी र स्थानीय तहका सभापतिहरुलाई संगठनबाट पाखा लगाउन खोजिएको आरोप लगाइएको छ।
आगामी स्थानीय तह निर्वाचनका लागि टिकट वितरणमा अनियमितता भएको तथा टिकट पहिले नै बिक्री गरिएको आरोप उठेपछि बैठकमा विवाद सुरु भएर झडपको अवस्था सिर्जना भएको बताइएको छ।