रवि लामिछाने विरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा खारेज


काठमाडौं । कास्की जिल्ला अदालतले रवि लामिछानेविरुद्ध लगाइएको सम्पत्ति शुद्धीकरण र संगठित अपराध सम्बन्धी कसुर खारेज गरेको छ । न्यायाधीश हिमलाल बेलबासेको इजलासले उक्त कसुर फिर्ता गर्ने आदेश दिएको हो ।

अदालतले सहकारी ठगी सम्बन्धी मुद्दा भने यथावत् रहने जनाएको छ । आदेशमा सुरुमा यी दुई कसुरमा मुद्दा दर्ता नभएको र पीडितको जाहेरीमा समेत उल्लेख नरहेको आधार लिइएको छ । साथै, कसुर फिर्ता हुँदा पीडित र आरोपितबीच मिलापत्र तथा बचत फिर्ता प्रक्रिया सहज हुने उल्लेख गरिएको छ ।

२०८३ जेष्ठ ८, शुक्रबार १९:१४ प्रकाशित
ट्रेन्डिङ समाचार