प्रतिपक्षीलाई सभामुखको साथ नरहेको गुनासो


काठमाडौँ ।   नेपाली कांग्रेसका सांसद निस्कल राई ले प्रतिनिधिसभामा सभामुख डीपी अर्याल को भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन्। बिहीबार संसदमा बोल्दै उनले प्रतिपक्षी दलले सरकारलाई जवाफदेही बनाउन खोज्दा सभामुखबाट सहयोग नपाएको बताएका हुन्।

राईले श्रम संस्कृति पार्टीका हर्क साम्पाङ ले संसदमा प्लेकार्ड देखाउँदा अमर्यादित भनिएको विषय उठाउँदै विगतमा रास्वपाले निलो स्कार्फ प्रयोग गरेको प्रसंग पनि स्मरण गराए। उनले दुवै गतिविधि मर्यादित नभएको उल्लेख गर्दै संसदको गरिमा जोगाउने जिम्मेवारी सभामुखकै हुने बताए।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार