पूर्व न्यायाधीश प्रधानको निधन, आज सर्वोच्चको इजलास बन्द


काठमाडौँ । सर्वोच्च अदालतका पूर्व न्यायाधीशहरिगोविन्द सिंह प्रधानको बुधबार निधन भएको छ।

उहाँको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सर्वोच्च अदालतले बिहीबारका लागि इजलास सञ्चालन नगर्ने जनाएको छ।

सर्वोच्च प्रशासनले शोकका कारण अदालतका नियमित कार्य स्थगित गरिएको जानकारी दिएको छ।

२०८३ जेष्ठ ७, बिहीबार ११:२२ प्रकाशित
ट्रेन्डिङ समाचार