शर्मा प्रधानन्यायाधीश बनेपछि सपना मल्ल २० दिन बिदामा


काठमाडौँ । मनोजकुमार शर्माले प्रधानन्यायाधीशको पदभार ग्रहण गरेसँगै वरिष्ठतम न्यायाधीश सपना मल्ल प्रधान २० दिनका लागि बिदामा बसेकी छन्।

 

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानले बुधबारदेखि लागू हुने गरी आफैले बिदा स्वीकृत गरेकी हुन्।

 

यसअघि कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएकी प्रधान संवैधानिक परिषद्ले शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि असन्तुष्ट रहेको बताइएको छ। पदभार ग्रहणसँगै शर्मा बुधबारदेखि इजलासमा पनि बसेका छन्।

२०८३ जेष्ठ ६, बुधबार १०:४७ प्रकाशित
ट्रेन्डिङ समाचार