काठमाडौं । काठमाडौंमा पदभार ग्रहण गरेपछि प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्याय सम्पादन प्रक्रियामा कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार नगरिने स्पष्ट पारेका छन्। उनले न्यायपालिकाको संस्थागत स्वतन्त्रता, न्यायाधीशहरूको निष्पक्षता र न्याय प्रक्रियाको मर्यादा कायम राख्नु आफ्नो प्रमुख प्राथमिकता हुने बताए।
शर्माले न्यायपालिका संविधानको संरक्षक, मौलिक अधिकारको प्रत्याभूतिकर्ता र लोकतान्त्रिक शासन व्यवस्थाको प्रमुख स्तम्भ भएको उल्लेख गर्दै स्वतन्त्र, निष्पक्ष र जनविश्वासयुक्त न्यायपालिका निर्माण आफ्नो कार्यकालको मुख्य लक्ष्य हुने बताए। उनले न्यायपालिकाको स्वतन्त्रतासँग कुनै पनि परिस्थितिमा सम्झौता नगरिने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
२०८३ जेष्ठ ५, मंगलवार १९:५३ प्रकाशित


