प्रधानन्यायाधीशमा मनोजकुमार शर्माको पदभार ग्रहण


काठमाडौं ।  प्रधानन्यायाधीश डा। मनोजकुमार शर्माले पद तथा गोपनीयताको शपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन्। उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका हुन्।

संवैधानिक परिषद्ले न्याय परिषद्ले पठाएका ६ जनामध्ये सर्वोच्च अदालतका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो। उनी आज संसदीय सुनुवाइबाट अनुमोदित भएका थिए।

शर्माको नियुक्तिपछि वरिष्ठताक्रम मिचिएको भन्दै नेपाल बारसहित विभिन्न पक्षले न्यायालयको स्वतन्त्रता र निष्पक्षतामाथि प्रश्न उठाएका छन्। वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल पनि प्रधानन्यायाधीशको आकांक्षी थिइन्।

२०८३ जेष्ठ ५, मंगलवार १९:५० प्रकाशित
ट्रेन्डिङ समाचार