त्रिवि उपकुलपतिमा ५० आवेदन


काठमाडौं ।  त्रिभुवन विश्वविद्यलयको   नयाँ उपकुलपति नियुक्तिका लागि ५० जनाको आवेदन परेको छ। शिक्षा मन्त्रालयले गत २५ वैशाखमा १० दिनको समय दिँदै खुला आवेदन आह्वान गरेको थियो।

मन्त्रालयका अनुसार प्राप्त आवेदनमध्ये योग्यता पुगे–नपुगेको मूल्यांकन गरिनेछ। कार्यविधिअनुसार आवश्यक योग्यता नपुगेका आवेदन खारेज गरिने बताइएको छ।

अध्यादेशमार्फत विश्वविद्यालयका पदाधिकारी पदमुक्त भएपछि नयाँ उपकुलपति नियुक्ति प्रक्रिया अघि बढाइएको हो।

२०८३ जेष्ठ ५, मंगलवार १९:२० प्रकाशित
ट्रेन्डिङ समाचार