फागुन २१ निर्वाचन खर्च : ४ अर्ब ९६ करोड रुपैयाँ


काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कुल ४ अर्ब ९६ करोड ७८ लाख रुपैयाँ खर्च भएको जनाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार नेपाल सरकारले निर्वाचनका लागि ६ अर्ब ७१ करोड ९२ लाख रुपैयाँ उपलब्ध गराएको थियो।

आयोगले सार्वजनिक गरेको विवरणअनुसार निर्वाचनमा १ करोड ८९ लाख ३ हजार ८९ मतदाता रहेका थिए। कुल खर्चका आधारमा प्रतिमतदाता २६३ रुपैयाँ खर्च भएको आयोगले जनाएको छ।

२०८३ जेष्ठ ५, मंगलवार १९:१२ प्रकाशित
ट्रेन्डिङ समाचार