प्रधानन्यायाधीश शर्माको शपथ ग्रहण


काठमाडौँ । प्रधानन्यायाधीशमा नियुक्त डा. मनोज कुमार शर्माले मंगलबार राष्ट्रपति भवन शीतलनिवासमा पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका हुन् ।

यसअघि मंगलबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले शर्माको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको थियो । समितिमा उनले आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए भने उजुरीकर्तासँग पनि छलफल गरिएको थियो ।

समितिको अनुमोदनपछि राष्ट्रपतिले उनलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् । नवनियुक्त प्रधानन्यायाधीश शर्माले मंगलबार साँझ सर्वोच्च अदालतमा पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

२०८३ जेष्ठ ५, मंगलवार १९:०२ प्रकाशित
ट्रेन्डिङ समाचार