बालेनको गाडी काण्ड फेरि चर्चामा


काठमाडौं ।चुनावी प्रचारका क्रममा बालेन साहले प्रयोग गरेको चर्चित ‘आठ करोडवाला मालपानी गाडी’ प्रकरणमा भन्सार छली भएको निष्कर्षसहित छानबिन प्रतिवेदन सरकारलाई बुझाइएको छ।

भन्सार विभागका उपसचिव रामप्रसाद रेग्मीको संयोजकत्वमा गठित समितिले गाडी आयातमा भएको भन्सार छलीको रकमसमेत किटान गरेको स्रोतले जनाएको छ। तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि यस विषयमा अध्ययन गरिरहेकाले समितिले कारबाहीबारे स्पष्ट सिफारिस नगरेको बताइएको छ।

प्रकरण सार्वजनिक भएपछि केन्द्रमा तानिएका वीरगञ्ज भन्सारका उपसचिव धनबहादुर बडुवालसहित आठ कर्मचारीलाई पुनः आ–आफ्नो कार्यक्षेत्रमा फर्काइएको छ। बडुवाल हाल विमानस्थल भन्सार कार्यालयमा कार्यरत छन्।

प्रतिवेदनले छुट भएको राजस्व असुल गर्न सिफारिस गरेको छ भने विभागीय वा भ्रष्टाचारसम्बन्धी कारबाही गर्ने अन्तिम निर्णय अब अख्तियारको हातमा पुगेको छ।

२०८३ जेष्ठ ३, आईतवार १९:३६ प्रकाशित
ट्रेन्डिङ समाचार