चितवनमा युवा सञ्जाल गठन, बिशु गुरुङ संयोजक


चितवन ।

वैकल्पिक राजनीतिक शक्तिको निर्माण गर्ने उद्देश्यसहित मिराज ढुंगानाको नेतृत्वमा देशभर युवा सञ्जाल गठन अभियान तीव्र बनाइएको छ । युवालाई संगठित गर्दै जनताको समस्या, सम्भावना र आकांक्षालाई नजिकबाट बुझ्ने तथा समाधानका लागि सक्रिय पहल गर्ने लक्ष्यसहित अभियान सञ्चालन गरिएको अभियन्ताहरूले बताएका छन् ।

अभियानअन्तर्गत विभिन्न जिल्लामा संगठन विस्तार र जिम्मेवारी बाँडफाँड जारी रहेको छ । युवा सशक्तीकरण, जनसहभागिता र वैकल्पिक राजनीतिक सोचलाई केन्द्रमा राखिएको अभियानले युवामाझ नयाँ उत्साह र राजनीतिक बहस सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

यसैक्रममा चितवन अध्यायको जिम्मेवारी घोषणा गर्दै बिशु गुरुङलाई संयोजक नियुक्त गरिएको छ भने बिकल घताने र यान्जल थापा मगरलाई सह–संयोजकको जिम्मेवारी दिइएको मिराज ढुंगानाले जानकारी दिए ।

२०८३ बैशाख २९, मंगलवार १९:५० प्रकाशित
ट्रेन्डिङ समाचार