सुकुम्बासी बस्तीमा सेना परिचालनबारे थापाको प्रश्न


काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का संसदीय दलका नेता रामबहादुर थापा ले सुकुम्बासी बस्तीमा नेपाली सेना परिचालन गरिएको विषयमा प्रश्न उठाउनुभएको छ।

मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सिंहदरबारमा आगजनी हुँदा सेना मौन बसेको तर अहिले सरकारको इशारामा परिचालित भएको भन्दै आपत्ति जनाउनुभयो।

उहाँले गत भदौ अन्तिम सातामा भएको जेनजी आन्दोलनका क्रममा मुलुकमा भएको क्षतिको विषय सरकारको नीति तथा कार्यक्रममा समेटिन नसकेको पनि बताउनुभयो।

नेता थापाले संसदमा सेना किन सुकुम्बासी बस्तीमा परिचालित गरियो भन्ने प्रश्न उठाएको उल्लेख गर्दै यसको जवाफ नीति तथा कार्यक्रममा नआएको गुनासो गर्नुभयो। साथै उहाँले आफूले नेकपा एमालेलाई अझ सशक्त बनाउन भूमिका खेल्ने दाबी समेत गर्नुभयो।

२०८३ बैशाख २९, मंगलवार १९:०० प्रकाशित
ट्रेन्डिङ समाचार