प्रधानमन्त्रीको व्यवहारप्रति काँग्रेसको आपत्ति


काठमाडाैं । 

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस ले संसद्मा प्रधानमन्त्री बालेन्द्र साह को व्यवहारप्रति आपत्ति जनाएको छ। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला प्रधानमन्त्री बैठकबीचैबाट बाहिरिएको घटनालाई काँग्रेसले अमर्यादित र दुर्भाग्यपूर्ण भनेको हो।

मंगलबार प्रतिनिधि सभामा बोल्दै काँग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे ले प्रधानमन्त्रीको व्यवहारले संसद्को गरिमामा आँच पुगेको टिप्पणी गर्नुभयो। उहाँले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे संसद्लाई जानकारी गराउन पनि माग गर्नुभयो।

साथै, सभामुखको भूमिकामाथि समेत प्रश्न उठाउँदै सदनको मर्यादा कायम गर्न ध्यान दिन आग्रह गर्नुभयो।

२०८३ बैशाख २९, मंगलवार १८:४८ प्रकाशित
ट्रेन्डिङ समाचार