एमाले सचिवालय बैठक बस्दै, विधान महाधिवेशनबारे छलफल हुने


काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आज बिहीबार बस्दै छ । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो ।

बैठकमा भोलि (शुक्रवार)देखि आइतबारसम्म ललितपुरमा चल्ने दोस्रो राष्ट्रिय विधान महाधिवेशनको तयारीका विषयमा छलफल हुने छ ।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शङ्कर पोखरेलको सङ्गठनात्मक प्रतिवेदनउपर छलफल हुनेछ ।

विधान महाधिवेशनमा दुई हजार ३३ जना प्रतिनिधि र ३१७ जना अन्य गरीसहित दुई हजार ३५० जना सहभागी हुने एमालेले जनाएको छ ।

२०८२ भाद्र १९, बिहीबार ११:२३ प्रकाशित
ट्रेन्डिङ समाचार