ADVERTISEMENT

सुनको मूल्य ७ सयले बढ्यो, चाँदी ४५ रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ७५ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ७४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य भने प्रतितोला ४५ रुपैयाँले घटेको छ। अघिल्लो दिन ३ हजार ७२० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज घटेर प्रतितोला ३ हजार ६७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार