ADVERTISEMENT

एनपीएलमा आज विराटनगर–जनकपुर र लुम्बिनी–पोखराबीच प्रतिस्पर्धा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलो खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स दिउँसो साढे १२ बजे भिड्नेछन्।

त्यस्तै, दोस्रो खेलमा दिउँसो साढे ४ बजे लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ।

तीन खेल खेलेको विराटनगरले एक जित र दुई हार बेहोरेको छ भने जनकपुरले दुई जित र एक हार निकालेको छ। यस्तै, लुम्बिनीले दुई खेलमा एक जित र एक बराबरी अंक पाएको छ। दुवै खेलमा पराजित पोखरा भने आज पहिलो जितको खोजीमा मैदान उत्रनेछ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार