ADVERTISEMENT

आज नवरात्रको पाँचौँ दिन, स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ ।

 

शारदीय नवरात्रको पाँचौँ दिन आज आश्विन शुक्ल पञ्चमीका अवसरमा नवदुर्गाको पाँचौँ स्वरूप देवी स्कन्दमाताको विधिपूर्वक पूजा–आराधना गरिँदै छ।

 

सेतो वर्ण र सिंह वाहन भएकी स्कन्दमातालाई पद्मासना देवीका रूपमा पनि चिनिन्छ। धार्मिक मान्यताअनुसार देवीको पूजा गर्नाले मनोकामना पूरा हुनुका साथै मानसिक शान्ति, पारिवारिक सद्भाव र आत्मबल प्राप्त हुने विश्वास छ।

 

देवी भागवत पुराणअनुसार स्कन्दमाता सूर्यमण्डलकी अधिष्ठात्री देवी हुन्। यिनको उपासनाबाट अलौकिक तेज र कान्ति प्राप्त हुने धार्मिक विश्वास रहेको छ। स्कन्दमाताको पूजा गर्दा भगवान् कार्तिकेयको समेत आराधना हुने मान्यता छ।

 

यस दिन भक्तजनले देवीको प्रतिमा वा कलश स्थापना गरी फूल, चन्दन, धूप–दीप, अक्षता, नैवेद्य र फलफूल अर्पण गरेर पूजा गर्ने परम्परा छ। साथै, स्कन्दमाताको मन्त्र, स्तोत्र र ध्यान पाठ गरी आरती गर्ने तथा केराको प्रसाद चढाउने चलन छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार