काठमाडौं । एनआईसी एशिया बैंक र लक्ष्मी प्रिमियम मोटर्स प्रालिबीच बीएमडब्लु ब्राण्डका सवारी साधन खरिदमा बैंकका ग्राहकलाई विशेष कर्जा तथा सेवा सुविधा उपलब्ध गराउने सम्बन्धमा समझदारी भएको छ।
समझदारीअनुसार बैंकका ग्राहकले बीएमडब्लुका सवारी साधन खरिद गर्दा परिवर्तनीय ब्याजदरमा औसत आधार दरमा थप १ प्रतिशत ब्याजदरमा कर्जा लिन सक्नेछन्। स्थिर ब्याजदर रोज्ने ग्राहकले ७ वर्षसम्म ५.९९ प्रतिशतको स्थिर ब्याजदरमा कर्जा पाउने बैंकले जनाएको छ।
यस्तै, ग्राहकले प्रशासनिक सेवा शुल्कमा २५ बेसिस पोइन्ट छुट पाउनेछन् भने कर्जा प्रक्रिया छिटो र छरितो बनाउने व्यवस्था गरिएको छ।
समझदारीपत्रमा एनआईसी एशिया बैंकका चिफ बिजनेस अफिसर, रिटेल बिजनेस अमित केसी र लक्ष्मी प्रिमियम मोटर्सका डिलर सेल्स प्रमुख प्रबोध श्रेष्ठले हस्ताक्षर गरेका हुन्।
सम्बन्धित खबर





प्रतिक्रिया