ADVERTISEMENT

बाढीपहिरोले पाँच सयभन्दा बढी कन्टेनर रोकिए

काठमाडौँ ।  म्याग्दीको लेतेदेखि मुस्ताङको कोरला नाकासम्म बाढी, पहिरो र हिमपातका कारण पाँच सयभन्दा बढी कन्टेनर सडकमा रोकिएका छन्। असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि बेनी–जोमसोम सडक अवरुद्ध हुँदा चीनबाट आयात गरिएका सामान बोकेका कन्टेनर विभिन्न स्थानमा रोकिएका हुन्।

जोमसोममा मात्रै ७० भन्दा बढी कन्टेनर र एक सयभन्दा बढी विद्युतीय सवारीसाधन रोकिएका छन्। सडक मर्मतको काम भइरहे पनि पूर्ण रूपमा यातायात सञ्चालनमा आउन अझै करिब एक साता लाग्ने प्राविधिकले बताएका छन्।

यता, जोमसोम–कोरला सडकखण्डमा यातायात सञ्चालनमा आएपछि कोरला नजिक रोकिएका केही कन्टेनर जोमसोमतर्फ ल्याइएको छ। यसअघि बाढीपहिरोका कारण विद्युत् र इन्टरनेट सेवा अवरुद्ध हुँदा कोरला नाकाको भन्सार जाँचपाससमेत प्रभावित भएको थियो।

व्यवसायीका अनुसार दसैं–तिहार लक्षित गरी चीनबाट ल्याइएका सामान समयमै बजारमा पुग्न नसक्दा आपूर्ति र व्यापारिक गतिविधिमा असर परेको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार