काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पदाधिकारीलगायत विभिन्न पदका उम्मेदवारविरुद्ध दाबी विरोध सुरु भएको छ।
निर्वाचन समितिले बुधबार बिहान प्रारम्भिक उम्मेदवारको नामावली सार्वजनिक गरेसँगै उम्मेदवारविरुद्ध दाबी विरोध प्रक्रिया सुरु गरेको हो। दाबी विरोधका लागि दिउँसो १२ बजेसम्मको समय तोकिएको छ।
महाधिवेशनबाट सभापति एक, वरिष्ठ उपसभापति एक, उपसभापति चार, महामन्त्री तीन, सहमहामन्त्री १५ र कोषाध्यक्ष एक गरी २४ जना पदाधिकारी चयन हुनेछन्। त्यसमध्ये चार सहमहामन्त्री र कोषाध्यक्ष सभापतिले मनोनयन गर्ने व्यवस्था रहेकाले निर्वाचनबाट १९ जना पदाधिकारी चयन हुनेछन्।
निर्वाचन समितिका अनुसार १९ पदका लागि ७९ जनाको उम्मेदवारी परेको छ। सभापति पदमा गगन थापा, किशोरसिंह राठोर र श्यामकृष्ण खड्गीले उम्मेदवारी दिएका छन्।
वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको एकल उम्मेदवारी परेको छ भने महिला उपसभापतिमा पुष्पा भुसालको पनि एकल उम्मेदवारी परेको छ। शर्मा र भुसाल दुवै हाल पार्टीका उपसभापति हुन्।





प्रतिक्रिया