काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ८ सय रुपैयाँ र चाँदीको मूल्य १० रुपैयाँले बढेको हो।
महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला २ लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर ४ हजार ४२५ रुपैयाँ पुगेको छ। मंगलबार चाँदी प्रतितोला ४ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो।
सम्बन्धित खबर





प्रतिक्रिया