ADVERTISEMENT

राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन उपकरण जारी गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न २८ दिनका लागि ३० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ।

राष्ट्र बैंकका अनुसार ‘१ महिने निक्षेप संकलन उपकरण’को बोलकबोल असोज २१ गते दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टममार्फत हुनेछ। उपकरणको साँवा तथा ब्याज भुक्तानी कात्तिक १८ गते गरिनेछ।

बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले मात्र सहभागी हुन पाउनेछन्। ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ भने न्यूनतम १० करोड रुपैयाँ र १० करोडले भाग जाने रकममा आवेदन दिन सकिनेछ।

सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकताका आधारमा रकम बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ। यो उपकरणलाई अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिनेछ। साथै, लगानी गरिएको रकम सीआरआरमा गणना गर्न नपाइने भए पनि एसएलआर र तरलता अनुपातमा भने गणना गर्न पाइनेछ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार