ADVERTISEMENT

बढी हवाई भाडा असुल्नेलाई १५ लाखसम्म जरिबाना


काठमाडौं । स्वीकृत दरभन्दा बढी हवाई भाडा असुल्ने वायुसेवा कम्पनीमाथि १५ लाख रुपैयाँसम्म जरिबाना हुने भएको छ।

सङ्घीय संसद्मा पेस भएको नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी विधेयक, २०८३ मा प्राधिकरणले स्वीकृत गरेको भाडादरभन्दा बढी रकम लिएर उडान सञ्चालन गरेमा त्यसलाई कसुर मानिने व्यवस्था गरिएको छ।

विधेयकअनुसार यस्तो कसुर गर्ने वायुसेवा सञ्चालक वा व्यक्तिलाई ५ लाखदेखि १५ लाख रुपैयाँसम्म जरिबाना गर्न सकिनेछ। एकपटक कारबाहीमा परिसकेको व्यक्ति वा संस्थाले पुनः सोही कसुर दोहोर्‍याएमा अघिल्लो जरिबानाको दोब्बर रकम तिर्नुपर्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ।

प्रस्तावित कानुनी व्यवस्थाले चाडपर्व, विपद् तथा आपत्कालीन अवस्थामा यात्रुसँग स्वीकृत दरभन्दा बढी भाडा असुल्ने प्रवृत्तिलाई नियन्त्रण गर्ने लक्ष्य राखेको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार