ADVERTISEMENT

कैलालीमा प्रहरीमाथि हातपात, तीन जना पक्राउ


धनगढी । कैलालीको भजनीमा अवैध सामान नियन्त्रणमा लिन खोज्दा ड्यूटीमा खटिएका दुई प्रहरीमाथि कुटपिट भएको छ।

भजनी नगरपालिका–३ ठेकीपुरचोकमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा स्थानीय लोकबहादुर साउँद, धन्या साउद र गम्भीर साउद पक्राउ परेका छन्।

प्रहरीका अनुसार भारतबाट मोटरसाइकलमा ल्याउँदै गरेको अवैध सामान नियन्त्रणमा लिन खोज्दा उनीहरूले प्रहरी हवल्दार विनयप्रसाद चौधरी र जवान देवराज जोशीमाथि कुटपिट गरेका थिए। घाइते दुवै प्रहरीको भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

घटनामा प्रयोग भएका दुई मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार