काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता हुने भएको छ।
निर्वाचन समितिका अनुसार असोज १९ गते दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म राष्ट्रिय सभा गृहमा उम्मेदवारी मनोनयनपत्र दर्ता गरिनेछ।
निर्धारित समयभित्र महाधिवेशन प्रतिनिधि तथा उम्मेदवार बन्न योग्य व्यक्तिले मनोनयन दर्ता गर्न सक्ने समितिले जनाएको छ। सभापति, पदाधिकारी र केन्द्रीय सदस्यका आकांक्षीहरूको उम्मेदवारी प्रक्रिया पनि यससँगै औपचारिक रूपमा अघि बढ्नेछ।
सम्बन्धित खबर



प्रतिक्रिया