काठमाडौं । हवाई सुरक्षामा जोखिम निम्त्याउने अग्ला भवन, टावर, रुख तथा अन्य संरचना हटाउन नेपाल हवाई सेवा प्राधिकरणलाई थप अधिकार दिने प्रस्ताव गरिएको छ।
सङ्घीय संसद्मा पेस भएको नेपाल हवाई सेवा प्राधिकरणसम्बन्धी विधेयक, २०८३ मा विमानस्थल तथा हवाई मार्ग आसपास तोकिएको उचाइभन्दा अग्ला संरचना निर्माणमा रोक लगाउने व्यवस्था गरिएको छ।
मापदण्डविपरीत संरचना निर्माण भए सम्बन्धित व्यक्ति वा संस्थाले आफ्नै खर्चमा तोकिएको समयभित्र हटाउनुपर्नेछ। नहटाए प्राधिकरणले आफैं हटाएर खर्च सम्बन्धित पक्षबाट असुल गर्न सक्नेछ।
यस्तै, उडान सुरक्षामा गम्भीर खतरा देखिएमा प्राधिकरणका अधिकारीलाई निजी घरजग्गामा प्रवेश गर्न सक्ने अधिकार दिने प्रस्ताव गरिएको छ। दुर्घटना रोक्न वा आपत्कालीन मर्मत गर्नुपर्ने अवस्थामा भने पूर्वसूचनाबिनै प्रवेश गर्न सकिने व्यवस्था विधेयकमा छ।
सम्बन्धित खबर



प्रतिक्रिया