न्यूयोर्क । परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गरेका छन्। संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका क्रममा न्यूयोर्कमा भएको भेटमा नेपाल–भारत सम्बन्ध तथा आपसी हितका विषयमा छलफल भएको हो।
भेटमा मन्त्री खनालले नेपालमा हालै आएको विनाशकारी बाढीपछि भारत सरकार र भारतीय जनताले उपलब्ध गराएको सहयोगप्रति आभार व्यक्त गरे। दुवै मन्त्रीले नेपाल–भारतबीचको लामो समयदेखिको सम्बन्धलाई थप सुदृढ बनाउँदै पारस्परिक हितका विषयमा सहकार्य अघि बढाउनेबारे विचार आदानप्रदान गरेका छन्।
सम्बन्धित खबर

प्रतिक्रिया