काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमबीच नेपाली श्रमिकको रोजगारीमा देखिएको सिन्डिकेट तथा बिचौलिया प्रथा अन्त्य गर्ने विषयमा छलफल भएको छ।
टेलिफोन वार्तामा प्रधानमन्त्री शाहले श्रमिकमाथिको शोषण रोक्दै वैदेशिक रोजगारीलाई पारदर्शी र मर्यादित बनाउन आग्रह गरे। जवाफमा मलेसियाली प्रधानमन्त्री इब्राहिमले पनि सिन्डिकेट र बिचौलियातन्त्रको विरोध गर्दै दुवै देशका श्रममन्त्रीबीच तत्काल छलफल गराई समस्या समाधान गर्ने प्रतिबद्धता जनाए।
सम्बन्धित खबर

प्रतिक्रिया