ADVERTISEMENT

छठका लागि सोमबार पनि सार्वजनिक बिदा

काठमाडौं । सरकारले छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

छठ पर्वअन्तर्गत आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइनेछ भने सोमबार बिहान उदाउँदो सूर्यको पूजा गरी अर्घ दिने परम्परा रहेको छ।

सोही अवसरमा सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार