ADVERTISEMENT

आर्थिक गणनाको तथ्यांक प्रशोधन अन्तिम चरणमा

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक गणनाअन्तर्गत छ प्रदेशका व्यावसायिक प्रतिष्ठानको तथ्यांक प्रशोधन सम्पन्न गरेको छ ।

 

कोशी, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका करिब ११ लाख प्रतिष्ठानको विवरण प्रशोधन सकिएको कार्यालयले जनाएको छ । बागमती प्रदेशको तथ्यांक प्रशोधन भने जारी रहेको गणना शाखाका निर्देशक डा. वेदप्रसाद ढकालले जानकारी दिए ।

 

कुल १३ लाख ६६ हजार प्रतिष्ठान समेटिएको गणनामा हालसम्म करिब सात लाखको विवरण डिजिटल प्रणालीमा प्रविष्ट गरिएको छ । प्रविष्ट विवरणमा रहेका त्रुटि, दोहोरोपन र अङ्कगत असङ्गति सच्याउने काम भइरहेको छ ।

 

आर्थिक गणनाको प्रतिवेदनले देशको रोजगारी, उत्पादन, लगानी र समग्र आर्थिक अवस्थाको विश्लेषण गर्न महत्वपूर्ण आधार प्रदान गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार