ADVERTISEMENT

ज्येष्ठ नागरिकको सुविधा पाएपछि टोपबहादुर रायमाझी रिहा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई जेल सजाय भोगिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी रिहा भएका छन् ।

 

६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकले पाउने कैद छुट सुविधाअन्तर्गत रायमाझी बिहीबार बिहान डिल्लीबजार कारागारबाट रिहा भएका हुन् ।

 

काठमाडौं जिल्ला अदालतको पत्राचारअनुसार उनलाई कैदमुक्त गरिएको हो । ज्येष्ठ नागरिकलाई कैद सजायमा २५ प्रतिशत छुट दिने कानुनी व्यवस्थाअनुसार रायमाझीले उक्त सुविधा पाएका हुन् ।

 

नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका रायमाझी २०८० वैशाख २० गते पक्राउ परेका थिए । अदालतले उनलाई २०८३ असार ३० गते चार वर्ष कैद सजाय सुनाएको थियो ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार