ADVERTISEMENT

घोप्टेभीरको पहिरो हटाइयो, पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्डको घोप्टेभीरमा खसेको पहिरो हटाएसँगै सडक दुईतर्फी सञ्चालनमा आएको छ।

 

सोमबार राति ११ बजे खसेको ठूलो सुक्खा पहिरोका कारण अवरुद्ध सडक मंगलबार बिहान पौने ८ बजे पहिरो हटाएपछि सञ्चालनमा आएको नागढुंगा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) ले जनाएको छ।

 

पहिरोका कारण तिहार मनाउन घर जाने तथा फर्किने यात्रु अलपत्र परेका थिए भने सडकमा सवारीसाधनको लामो जाम लागेको थियो। उक्त सडकखण्डमा सोमबार पनि पहिरो खसेर यातायात अवरुद्ध भएको थियो।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार